मदिरा सेवन गराएर कञ्चनपुरमा एक किशोरी माथि सामुहिक बलात्कार

काठमाण्डौ – कञ्चनपुरमा मदिरा सेवन गराएरएक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । वेदकोट नगरपालिका–५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेका हुन् ।

प्रहरीले बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको छ । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमाप्रसाद चर्तुवेदीका अनुसार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छिन् ।

राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको छ । युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको छ ।

‘अस्पतालको रिपोर्ट आएपछि उनीहरुमाथि थप अनुसन्धान हुनेछ’, एसपी चर्तुवेदीले भने । जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले आरोप लगाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *