संघीयता खारेजी हुनै पर्छ र हुन्छ

नारायण प्रसाद दवाडी

निरपेक्ष केही छैन, मार्क्सवादी दर्शनले समेत भन्छ: धर्म निरपेक्षता उर्फ Secularism विल्कुल नमिल्ने विधर्मी शब्द र सम्बन्ध वोधक शब्द हुन: (अंग्रेजी उल्था र नेपाली बोध केही मिल्दैन) यो खारेज हुनैपर्छ र हुन्छ।

धर्म भनेको सम्प्रदाय वा नश्ल वा जातिको रूपमा व्याख्या गराइएको छ पस्चिमी मूल्यमा आधारित भएर, यो त्यो होइन; मनुष्यको धर्म के ? पानीको धर्म के? आगोको धर्म के? यसमा विषयान्तर गरि पश्चिमी प्रोटेस्टेन्टहरुको तर्कबाट नेपालमा अपव्याख्या गरिएको छ, तिनैको डलर खाएर: मनुष्यको आफ्नो धर्म हुन्छ: समाज कल्याण हेतु कर्म र राष्ट्र प्रतिको धर्म !

अत: धर्म निरपेक्ष हुनै सक्दैन, वस्तुतः मिसनरिको सेवा गर्ने उदेश्य ले यसलाई विकृत गराइ मानिसले लेखेको साहित्यमा मिथक रचना गराइ गरिएको अपव्याख्या र नेपालको इतिहासमा सरिक सबै मानिसहरुको समन्वयात्मक धारालाई निषेध गरि पस्चिमी श्रेष्ठता स्थापीत गर्न गराइएको षड्यन्त्र ध्वस्त हुनेछ ।

अब, प्रदेश नामको लुटाहा संरचना र निरपेक्षता नामको कर्तव्य विमुख अराजकता विघटन हुनेछ !

अनि, नेपाली आवश्यकतामा आधारित राज्यप्रणालीको लागि एक संक्रमणको बिशिस्ट बिन्दुमा हाम्रो भेट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *