जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्रीबीच भेट, दुई दिनभित्रै मुद्दा फिर्ता लिने प्रधानमन्त्रीको वचन

काठमाण्डौ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधनको बारेमा कुरा राखेका थिए । प्रधानमन्त्री ओलीले एक दुई दिनभित्रै जसपाका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने वचन दिएको बैठकमा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रधानमन्त्रीसंगको भेटमा सहभागी नेता कर्णले भने,‘प्रधानमन्त्रीजीसँग आज भेटवार्ता भयो, त्यही हामीले हाम्रो माग सम्बोधनको कुरा गर्यौं । उहाँले मुद्दा फिर्ताको विषय अहिले मन्त्रालयमा छ, एक÷दुई दिनमै सम्बोधन गर्छु भन्नुभएको छ ।’ उनले आफूहरुलाई सरकारमा सहभागी हुनको लागि यसअघि पनि भनिएको सुनाउँदै यो नौलो कुरा नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *