१७३६ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा १ हजार ६ सय ६७ जनामा पीसीआर र ६९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार २५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ८०६ पगेको छ ।

गत २४ घण्टामा देशभर ८ हजार ५५ पीसीआर र ६८३ एन्टिजेन परीक्षण भएको छ ।

गत २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *