नेदरल्याण्ड्सद्वारा नेपाल ३ विकेटले पराजित

काठमाण्डौ – त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई ३ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो ।

स जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । ४६ बलको सामना गरेका कुशलले ८ चौका र एक छक्काको मद्दतमा ६२ रन बनाएका थिए। ३० बल खेलेका दिपेन्द्रले तीन चौका र पाँच छक्कासहित ६० रन बनाए ।

यस्तै सोमपाल कामीले ‍२१, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ र विनोद भण्डारीले ७ रन जोडेका थिए ।

बलिङतर्फ नेदरल्याण्ड्सका भिविएन किङ्माले दुई, पिटर सिलरले दुई र बास डी लिड र आर्यन दत्तले एक–एक विकेट लिए ।

२०७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । उसका लागि बास डी लिड र बेन कूपरले अर्धशतक बनाए । कूपरले ३५ बलमा ५५ रन बनाउदा लीडले ४२ बलमा नटआउट ८१ रन बनाए । यस्तै कप्तान पिटर सिलारले ३१ रन बनाए ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सन्दीप लामिछानेले चार तथा कुशल मल्ल, करण केसी र अभिनाश बोहराले एक–एक विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।

नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रो खेलमा मलेसियालाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *