पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।


उनी भारतको विभिन्न धार्मिक यात्रामा रहेका थिए ।यसैगरी भारतको विभिन्न राजनीतिक ब्यक्तिसंग पनि महत्त्वपूर्ण भेटघाटमा थिए ।अहिले भारतमा कोरोना संक्रमणको दर बढ्दो रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *