नेपाल पत्रकार महासंघ धनुषा शाखामा भाँडभैलो !

जनकपुरधाम – आम सञ्चारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघ धनुषा शाखामा महासंघको निर्वाचनको पूर्वसन्ध्यामा भाँडभैलो मच्चिएको छ ।

पछिल्लो समय सञ्चारकर्मीहरु पनि दलिय खेमामा विभक्त भएको समयमा नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्व राजनैतिक दलको प्रभावमा परेर सञ्चारकर्मीहरुको हित विपरीत काम गरेको आरोप लगाइउँदै प्रेस मञ्च नेपाल धनुषा र नेपाल प्रेस युनियनले बुधबार संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका अनुसार प्रदेशको मनोनयन दर्ता हुने चैत १९ गते पक्रिया रोक्ने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरण र सदस्यता नविकरणमा महासंघको धनुषा शाखाले आफू प्रति वैचारिक आस्था नराखेकै आधारमा पूर्वाग्रही भएर महासंघलाई नै बदनाम गराउन उद्द्त रहेको आरोप लगाएको छ ।

प्रेस मञ्च नेपाल धनुषाका अध्यक्षद्वय संजिवकुमार झा र अर्जुन मण्डल तथा नेपाल प्रेस युनियन धनुषा शाखाका अध्यक्ष राजन सिंहले हस्ताक्षर गरेको विज्ञप्तीमा ‘महासंघको मर्यादा कायम राख्नको लागि प्रदेश २ कार्यसमितिले नयाँ सदस्यता वितरण तथा पुरानो सदस्यता नविकरण सम्बन्धमा संघीय नेतृत्व समक्ष गरेको सिफारिस कार्यान्वयन गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यदि महासंघको धनुषा शाखाले मागको सुनुवाइ नगरे महासंघको धनुषा शाखामा तालाबन्दी गर्ने समेत चेतावनी दिइएको छ । प्रेस मञ्च नेपाल जनता समाजवादी तथा नेपाल प्रेस युनियन नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन हो ।

Leave a Reply

Your email address will not be published.