अभिनेत्री कंगना रनौटविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डौ – गीतकार जावेद अख्तरले अभिनेत्री कंगना रनौटविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन् । जस अनुसार मुम्बईको एक अदालतले कंगना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अंधेरी महानगर मजिस्ट्रेटको अदालतले फेब्रुअरीमा मार्च १ तारिखम अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरेको बताइएको छ । कंगनाको वकिल रिजवान सिद्दीकीले भने अदालतमा कंगनालाई हाजिर हुन आदेश दिनु नै कानुसम्मत नभएको बताएका थिए ।

उता जावेद अख्तरका वकिल वृन्दा ग्रोवरले भने कंगनाले प्रक्रियालाई नै चुनौती दिएको आरोप लगाएका छन् । उच्च अदालतले आदेश दिएपछि कंगना अदालतमा हाजिर हुनुपर्ने उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *