प्रचण्ड कर्म्फटेबल सरकार बनाउने खेलमा लागे: प्रधानमन्त्री अ‍ोली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुष्पकमल दाहाल प्रचण्ड कर्म्फटेबल सरकार बनाउने खेलमा लागेको बताएका छन् ।

साेमबार नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली ओलीले पार्टी एकता भएदेखि नै प्रचण्ड कर्म्फट सरकार बनाउने खेलमा लागि परेको बताएका हुन् ।

‘पार्टी एकता भएदेखि नै उहाँ देशमा कर्म्फटेबल सरकार बनाउने खेलमा लाग्नुभयो । यो देशमा जनताको सेवा, देश विकास गर्ने सरकार होइन कसैका लागि कम्र्फट सरकार बनाउन लाग्नुभयो’, उनले भने ।

प्रधानमन्त्री ओलीले एकताका लागि जिम्मेवारी नछोड्ने भन्दै जुनसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको बताए ।

‘एकताका लागि जिम्मेवारी छोड्नूस् भन्छन् । हामी हरेक परिस्थितिको सामना गर्छौं । अपराधी तत्वहरुको सामना गरिरहनु परेको छ । हाम्रो पार्टी समाप्त गर्ने कुरा छ । तपाईहरु कुनै अलमलमा नपर्नु । आन्दोलनमा उतारचढावहरु हुन्छ । देशिविदेशी शक्तिीहरुबाट हमला भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने ।

उनले देव गुरुङलाई आफूले नै प्रमुख सचेतकमा नियुक्त गरेको र आफूले नै हटाएको बताएका छन् ।उनले अपाmूले नियुक्त गरेको मुख्य सचेतक हटाउन अधिकार आफूमा निहित रहेको बताए ।

उनले आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले आफूमाथि शारीरिक हमला भए पनि देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान नदिने बताए ।

‘सही ढंगले सरकारको नेतृत्व गरेको हुनाले, ममाथि प्रहार भइरहेको छ । अत्यन्त तिव्र प्रहार भएको छ,’ ममाथि शारीरिक हमला भयो भने पनि तपाइँहरू अन्यथा नलिनु होला’, उनले भने, ‘तर, त्यस्तो हुन दिँदैन । म रहिन भने पनि पार्टी छ । नेतृत्व छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिन हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *