४०.६४ अंकले बढेर नेप्से २५१५.०३ विन्दुमा , ५ अर्ब ६९ कारोडको कारोबार

काठमाण्डौ – आज नेप्से ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा आएको छ ।

५ अर्ब ६९ कारोड रुपैयाँ भन्दा बढीको सेयर करोबार भएको छ । कुल १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर खरिद बिक्री भएका छन् । नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै जीवन बिमा समूहमा ३५९.१७ अंकले सुधार आएको छ ।

सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४४ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । दोस्रोमा शिखर इन्सुरेन्सको ३० करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । चन्द्रागिरी हिल्सको सेयर भाउमा सर्किट लागेर बढ्नेक्रम सोमबार पनि जारी रहेको छ । यसको भाउ ९.९०% ले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *