आज फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डौ – नेपाली बजारमा केहि दिनदेखि निरन्तर गिरावट आएको सुनको मूल्य आज फेरि बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८८ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८८ हजार २ सय ५० कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा १३२५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३३० पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *