काठमाण्डौ – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य तोलाको ९० हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मैगलबार तेजाबी सुनको मूल्य ८९ हजार छ सय ५० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।