रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसको शानदार जित

एजेन्सी – क्रिष्टियानो रोनाल्डोले हेड मार्फत गरेका दुई गोलको सहयोगमा जित निकाल्दै युभेन्टस इटालियन सिरी ए फुटबलको तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

लिग अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले क्रोतोनेलाई ३–० ले पराजित गरेको हो । रोनाल्डोले ३८ र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हेड मार्फत गोल गरेका हुन् । यस्तै वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरे ।

रोनाल्डोले सिरी ए मा अहिलेसम्म ७० गोल गरिसकेका छन् । उनी यो सिजन सिरी ए का सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । १८ गोल गरेका उनले इन्टर मिलानका रामेलु लुकाकुलाई उछिनेका हुन् ।

जित निकालेको युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा पुगेको छ । उ २३ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा रहेको इन्टर मिलान भन्दा ८ अंकले पछि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *