के चीनको जासुसी गर्ने अमेरिकी र भारतीय न्यूक्लियर उपकरणका कारण उत्तराखण्डको हिमताल फुट्यो ?

नयाँ दिल्ली – अग्ला पहाडका बरफ र चट्टानको मुनि परमाणु डिभाइस राखिएको हुन्छ भन्ने भारतको हिमाली क्षेत्रको एक गाउँका वासिन्दाहरु वर्षौँदेखि मान्दै आइरहेका छन् ।

त्यसैले पनि जब फेब्रुअरीको सुरुवातमा भारतमा एक हिमताल विस्फोट हुँदा भीषण बाढी आउँदा गाउँका वासीहरुबीच अस्तव्यस्तता मच्चियो र एक अफवाह उड्न थाल्यो कि ती परमाणु उपकरणहरुमा विस्फोट भयो जसका कारण बाढी आयो ।

जबकि वैज्ञानिकहरुको मान्यता छ कि हिमाली राज्य उत्तराखण्डमा आएको बाढीको कारण विस्फोट भएको हिमतालको एक थुक्रा थियो । यस घटनामा कम्तिमा ५० जनाको ज्यान गएको छ ।

तर तपाई २५० परिवार बसोबास गर्ने उक्त बाढीबाट प्रभावित रेनी गाउँका वासिन्दासँग यही कुरा भन्नुभयो भने उनीहरु तपाईलाई विश्वास नै गर्दैनन् ।

रेनीका मुखिया संग्राम सिंह रावतले भने, ‘मलाई लाग्छ यो डिभाइसका कारण भएको हुनसक्छ । एक हिमताल जाडो मौसममा कसरी फुट्न सक्छ ? हामीलाई लाग्छ कि सरकारले यसको जाँच गर्नुपर्छ र डिभाइसलाई खोज्नुपर्छ ।’

उनको डरका पछि एक जासुसीको एक रोचक कहानी छ जसमा विश्वका केही शीर्ष पर्वतारोही छन्, जासुसी प्रणालीलाई चलाउनका लागि रेडियोएक्टिभ मटेरियल छन् र जासुस छन् ।

अमेरिकाले सन् १९६० को दशकमा भारतसँग मिलेर चीनको परमाणु परीक्षणहरु तथा मिसाइल फायरिङको जासुसी गर्नका लागि हिमालयमा न्यूक्लियर–पावर्ड मनिटरिङ डिभाइस लगाइएको थियो । चीनले सन् १९६४ मा आफ्नो पहिलो परमाणु परीक्षण गरेको थियो ।

सन् १९६५ अक्टोबरमा भारतीय तथा अमेरिकी पर्वतारोहीको एक समूह सात प्लूटोनियम क्याप्सुल तथा निगरानी उपकरण लिएर हिडे, जसको तौल करिब ५७ किलो थियो । यसलाई ७ हजार ८१६ मिटर उचाईमा रहेको नन्दा देवीको चुचुरोमा राख्नुपर्ने थियो । नन्दादेवी भारतको दोश्रो सबैभन्दा अग्लो शिखर हो र चीनसँग भारतको उत्तर–पूर्वी सीमा नजिकै अवस्थित छ ।

तर एक हिँउ आँधीका कारण पर्वतारोहीहरुलाई शिखरमा पुग्नअघि नै फर्कनु पर्यो । उनीहरु तलतिर दौडदा उनीहरुले उपकरणलाई त्यही छोडिदिए, जसमा ६ फुट लामो एन्टिना, दुई रेडियो कम्युनिकेशन सेट, एक पावर प्याक र प्लूटोनियम क्याप्सुल थिए ।

एक पत्रिकाको रिपोर्ट अनुसार, यी सामाग्रीहरुलाई पहाडको एक किनारको एक चट्टानको चिरामा छोडेर आएका थिए, त्यो चिरा माथिबाट ढाकिएको थियो, जहाँ बलियो हावा आउन सक्दैन थियो ।

जब पर्वतारोही ती उपकरणहरुलाई खोज्न अर्को वसन्तमा पहाड फर्किए, उनीहरुले तीन उपकरणहरुलाई पाउन सकेनन् । ५० वर्षभन्दा बढी लामो समय बितेपछि र नन्दा देवीमाथि थुप्रै खोज अभियान पछि पनि ती उपकरणहरु कहाँ गए भन्नेबारे पत्ता लाग्न सकेको छैन ।

हुनसक्छ तीन हराएको प्लोटोनियम(उपकरणहरु) कुनै हिमतालभित्र छन्, सायद तिनीहरु टुक्रिएर धूलो बनिसके ।

प्लूटोनियम परमाणु बममा प्रयोग हुने प्रमुख समान हो । तर प्लूटोनियमको ब्याट्रीमा एक फरक प्रकारको आइसोटोप(एक प्रकारको रसायन) हुन्छ, जसको आयू ८८ वर्ष हुन्छ ।

आफ्नो किताब ‘नन्दा देवीः अ जर्नी टू द लास्ट सेन्चुरी’मा बेलायती यात्री ह्युग थोम्पसन भन्छन्, अमेरिकी पर्वतारोहीलाई छालाको रंगलाई कालो बनाउनका लागि भारतको सन टेन लोशन प्रयोग गर्नु भनिएको थियो ताकि स्थानीय मानिसहरुलाई कुनै शंका नहोस्, र पर्वतारोहीहरुलाई उनीहरुको शरीरमा कम अक्सिजनको प्रभावको अध्ययन गर्नका लागि ‘हाई एल्टट्युड प्रोग्राम’मा रहेको बताउन भनिएको थियो । जो व्यक्तिहरुलाई सामान बोक्नका लागि पाठइएको थियो, उनीहरुलाई ‘कुनै प्रकारको खजाना, सम्भवः सनु’ भनिएको थियो ।

सन् १९७८ सम्म भारतमा यस गुप्त अभियानका बारेमा कसैलाई पनि भनिएको थिएन । जतिबेला वासिङ्टन पोस्टले चीनको जासुसीका लागि हिमालका दुई चुचुरामा न्यूक्लियर पावर्ड उपकरण राख्नका लागि अमेरिकी पर्वतारोहीहरुको भर्ती गरियो भनेर लेख लेख्यो ।

सन् १९६५ मा पहिलो अभियानमा उपकरण हराएको पनि अखबरले पुष्टि गरेको थियो र दुई वर्षपछि अर्को प्रयास भयो, जो एक पूर्वसिआर्यए अधिकारीका अनुसार आंशिक रुपले सफल भएको पनि अखबरले उल्लेख गर्यो ।

सन् १९६७ मा नयाँ उपकरण जडान गर्नका लागि तेश्रो प्रयास भयो । यस पटक ६ हजार ८६१ मिटर पहाड नन्दा कोटमाथि गरिएको थियो जो सफल रह्यो । हिमाली क्षेत्रमा जासुसी गर्ने उपकरणहरु जडान गर्न लागेको तीन वर्षको काममा कुल १४ अमेरिकी पर्वतारोहीलाई एक महिनामा एक हजार डलर दिइइयो ।

सन् १९७८ एप्रिलमा भारतका तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईले संसदमा भारत र अमेरिकाले ‘शीर्ष स्तर’मा मिलेर यी न्यूक्लियर–पावर्ड डिभाईलाई नन्दा देवीमा जडान गरेको बताएर वम विस्फोट नै गराए । तर उनले उक्त अभियान कहाँसम्म सफल भयो भन्नेबारे बताएनन् ।

हिमाली क्षेत्रमा हराएका ती न्यूक्लियर उपकरणहरु के भए भन्नेबारे कसैलाई पनि थाहा छैन । एक अमेरिकी पर्वतारोहीका अनुसार, हो त्यो उपकरणहरु हिमस्खलनको चपेटामा आए र ग्लेसियरमा फँसे, त्यसपछि भगवानलाई थाहा होला के भयो ।

पर्वतारोहीहरुको भनाई छ रेनी गाउँमा एक सानो स्टेशनले रेडियोएक्टिभिटीलाई पत्ता लगाउनका लागि नदीको पानीमा नियमति परीक्षण गरियो, तर उनीहरुले पानी दुषित भएको कुनै प्रमाण पाए वा पाएनन् भन्ने स्पष्ट छैन ।

यी सबै कहानीहरुका कारण पनि रेनी गाउँका वासिन्दाहरु हिमताल फुटेर आएको बाढीलाई न्यूक्लियर उपकरणहरुका कारण भएको मान्न सक्छन् ।

बिबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *