म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै, शीर्षस्थानमा १० अंकको अग्रता

एजेन्सी – म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राखेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि १–० को जित दर्ता गरेको छ ।

सिटी पछिल्ला १८ खेलमा विजयी छ । डिसेम्बर १५ यता सिटीले प्रिमियर लिगमा कुनै पनि खेल गुमाएको छैन ।

अवे मैदानमा भएको खेलमा दोस्रो मिनेटमै रहीम स्ट्रर्लिङ्गले गोल गरेर सिटीलाई सुरुवाति अग्रता दिलाए । सोही गोल नै पेप गार्डिवलाको टिमको जितका लागि निर्णायक बन्यो ।

शीर्ष स्थानको सिटीको २५ खेलबाट ५९ अंक भएको छ । लिगका १३ खेल बाँकी हुँदा उसले दोस्रो र तेस्रो स्थानका म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीसँग १० अंकको अग्रता कायम गरेको छ ।

आइतबार राति नै भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले न्यूक्यासल युनाइटेडमाथि ३–१ को जित दर्ता गर्दा लेस्टर सिटीले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो ।

तर जोसे मोरिन्होको टोटनह्याम भने पराजित भएको छ । वेष्टह्यामले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *