मिलान डर्बीमा इन्टर मिलान विजयी

एजेन्सी – इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको मिलान डर्बीमा इन्टर मिलान विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा लौतारो मार्तिनेजको दुई तथा रामेलु लुकाकुको एक गोलका सहयोगमा इन्टर मिलानले एसी मिलानलाई ३–० ले पराजित गरेको हो ।

मार्तिनेजले पाँचौँ र ५७ औँ तथा लुकाकुले ६६ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको इन्टर मिलानको २३ खेलबाट ५३ अंक भएको छ । पराजित भएको एसी मिलान २३ खेलबाट ४९ अंकसहित दोस्रो स्थानमा कायम छ ।

आइतबार राति नै भएको खेलमा नापोलीलाई ४–२ ले पराजित गरेको एट्लान्टा ४३ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

अरु खेलमा तेस्रो स्थानको रोमा वेनेवेन्तोसँग गोलरहित बराबरी रोकिँदा पार्मा र युडिनेसले २–२ को बराबरी खेलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *