काठमाण्डौ – तत्कालीन माओवादी सशस्त्र युद्धको क्रममा राज्य विरुद्ध युद्धको अग्र मोर्चामा खटिएका पूर्व लडाकु (पूर्व जनमुक्ति सेना)ले पार्टी विभाजनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने संकेत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्व बाल लडाकु लेनिन बिष्ट नेतृत्वको पूर्व लडाकु प्रतिनिधिमण्डको भेटमा प्रधानमन्त्री ओलीले पूर्व लडाकुका पूर्व सुप्रीम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध (सशस्त्र संघर्ष) लडेका लडाकुको योगदानलाई प्रचण्डले सत्ता र शक्ति प्राप्तिको भर्याङ मात्रै बनाएको प्रधानमन्त्री ओलीको आरोप छ ।
शनिबारको भेटमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधीमा गरेको योगदानको पार्टी र राज्यले उचित सम्मान गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

भेटमा सहभागी बिष्ट नेतृत्वका पूर्व लडाकुहरुले पार्टी र सरकारबाट यथोचित न्याय र सम्मानको अपेक्षा गरेको बताएका थिए । राष्ट्रको लागि आफूहरूले विगतमा गरेको योगदानको उचित कदर हुनुपर्ने पूर्व लडाकुको मागलाई प्रधानमन्त्री ओलीले उचित कदम चाल्ने आश्वासन दिएका थिए ।
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा राजनीतिको ओरालो यात्रामा रहेको टिप्पणी गर्दै आफू नेतृत्वको नेकपामा ढुक्क भएर लाग्न पूर्व लडाकुहरुलाई आग्रह गरेका थिए ।