२३२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ६३ हजार ७ सय ३४ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म २० लाख ३८ हजार ८ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ९४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *