बीबीसी – भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)मा बिहीवार भएको भीषण आगलागीबाट करिब हजार करोड भारतीय रुपैयाँ बढीको क्षति भएको छ ।
आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) अदार पुनावालाले जानकराी दिएका छन् ।
यो त्यही कम्पनी हो, जसले बनाएको कोभिसिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई उपलब्ध गराएको छ । सो आगलागीमा परी कम्पनीमा कार्यरत ५ कर्मचारीको मृत्यु समेत भएको थियो । पुनावालाले आगलागीले कोरोनाविरुद्ध खोप निर्माण र आपूर्तिमा भने कुनै असर नपर्ने बताएका छन् ।
कम्पनीले आगलागीमा परी मृत्यु भएका ५ जनाको परिवारलाई २५ लाख रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने घोषणा गरिएको बीबीसीले जनाएको छ ।