नयाँ प्रकारको कोरोना भाइरस अधिक घातकः प्रारम्भिक अध्ययन

एजेन्सी – बेलायतमा पहिलो पटक देखिएर विश्वका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको रुपान्तरित स्वरुप (नयाँ प्रकारको कोरोना भाइरस) धेरै खतरानाक रहेको प्रारम्भिक प्रमाणहरुले देखाएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रमाणहरुले नयाँ प्रकारको कोरोना भाइरस थप घातक देखाएको बताएका हुन् । तर यसमा थप अनुसन्धानको खाँचो रहेको र खतराको तह स्पष्ट हुन बाँकी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

विकास भएका खोपहरुले नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखिएको अध्ययनले भनेको छ ।

नयाँ प्रकारको कोरोना भाइरस तीव्र गतिमा फैलिने खालको छ । पछिल्लो अध्ययनले तीव्र गतिमा संक्रमण फैलिनेसँगै नयाँ प्रकारको भाइरसका कारण हुने मृत्युदर पनि अधिक हुन सक्ने देखिएको प्रधानमन्त्री जोन्सनले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *