काठमाण्डौ– लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो बिमोचन भएको छ । जिवनका भोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको अनुभुति संग्रह शुक्रबार काठमाण्डौमा बिमोचन भएको हो ।पुस्तकलाई समालोचक महेश पौडेल,टिप्पणीकार तथा बौद्दिक ब्याक्तित्व डिल्लिराम शर्मा ,पुर्बमन्त्री अमर सिंह पुन,काँग्रेस नेता मनोजमणी आचार्य तथा व्यवसायी बलराम खतिवडाले संयुक्त रुपमा बिमोचन गरेका थिए ।
लेखकले आफ्नो अनुभुतिमा देखेका भोगेका बिषय बस्तुहरुलाई सरल तथा सहज ढंगले प्रस्तुत गरेको र बिभिन्न कालखण्डका भोगाईको समिश्रणका रुपमा चित्रण गरेको उल्लेख गर्दै समालोचक महेश पौडेलले लेखकको साहित्यिक यात्रा सफल र उज्वल हुने समेत कामना गरे ।
शुभकामना तथा समालोचना गर्ने अन्य वक्ताहरुले पनि उनको साहित्यिक यात्रा सफलतको कामना समेत गरे ।
साहित्य आँफैमा जति सुन्दर पक्ष छ त्यति नै जोखिमको यात्रा पनि हो बिशेषत साहित्यमा लगानि गरेर वा पुस्तक नै लेखेर त्यस्को प्रतिफल कम नै अपेक्षा गर्न सकिन्छ तथापि साहित्यमा युवा रुची भने बढ्दो नै छ । युवा पुस्ताका लेखकहरु साहित्यमा होमिनु जोखिम नै छ भन्नेहरु बिच पनि सुदनले आफ्नो कृति बजारमा ल्याएर एउटा उदाहरण प्रस्तुत गरेका छन ।