३०२ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा ३ हजार ५ सय ४५ पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *