कोरोना खोप बनाइरहेको भारतको सेरम इन्स्टीट्यूटमा आगलागी

काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सेरम इन्स्टीट्यूट अफ इण्डियाको भवनमा आगलागी भएको छ ।

भारतको पुणेस्थित सीरम इन्स्टीट्यूट अफ इण्डियाको टर्मिनल १ को तेश्रो र चौथो तलामा बिहीबार दिउँसो भीषण आगलागी भएको हो । आगो निभाउँन दमकल, सुरक्षाकर्मी र स्थानियहरु घटनास्थल पुगेका छन् ।

आगलागीको कारण र अहिलेसम्म के कति क्षति भयो भन्ने खुलाइएको छैन । उक्त बिल्डिङबाट ४ जना कर्मचारीलाई सुरक्षित निकालिएको छ ।

सेरमले भारतमा अक्सफोर्ड अष्ट्राजेन्काले विकास गरेको कोरोना विरुद्धको भ्याक्सिन उत्पादन गर्दै आइरहेको छ । बिहीबार नेपाल आइपुगेको खोप पनि सेरमले नै उत्पादन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *