काठमाण्डौ – बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ४ हजार रुपैयाँ रहेको छ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज (बुधबार) प्रति १० ग्राम छापा सुनको मूल्य ७९ हजार ६ सय ४५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ रहेको छ ।