संसद विघटनको विरोधमा माइतीघरमा अनेरास्ववियुका विद्यार्थीले निकाले बयलगाढा जुलुस

काठमाण्डौ – संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियुका विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा भेला भएर विद्यार्थीहरुले बयलगाढासहितको र्याली निकालेर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदम असंवैधानिक भन्दै उनीहरुले मण्डला नजिकै ओलीको पुतला दहनसमेत गरेका छन् ।

२०६२–०६३ सालको जनआन्दोलनताका ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए । सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो । प्रदर्शनमा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ लगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *