संसद विघटनबारे लिखित जवाफ पेश गर्ने सरकारको तयारी

काठमाण्डौ – राष्ट्रपतिको कार्यालयले संसद विघटन गर्ने निर्णयमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने तयारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात ५ दिनभित्र पेश गर्न आदेश दिएको थियो ।

राष्ट्रपति कार्यालय स्रोतकाअनुसार कानूनी परामर्श सकिएकाले आज दिउँसो जवाफ पेश गर्ने तयारी छ । त्यस्तै सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई तत्काल अनुमोदन गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन साथै मध्यावधि निर्वाचन घोषणा गरेकोविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन् । त्यसको सुनुवाई बुधवारका लागि तोकिएको थियो । बुधवार प्रधानन्याधीश जबराको एकल इजलासले त्यसलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *