ने दर्पण दर्शन ।। नेपालमन्त्र ।।


दर्पण राजवंशी
नेतृत्व दर्शन एवं विज्ञान सोधशास्त्रादि अध्य्येता ।

विश्व हिन्दू युवा संघ, नेपाल, केन्द्रिय सदस्य ।

ॐ ने नमः ।
ॐ ने मुनिश्रेष्ठाय नमः ।।
ॐ ने नैमिषारण्याधिपतेय नमः ।।।
ॐ ने नेपाल राष्ट्राधिष्ठात्रेय नमः ।।।।
ॐ ने नेपाल राष्ट्रमहाभारतेय नमः ।।।।।

मन्त्रको अर्थ
ॐ ने तत्वलाई नमस्कारछ । ने नामका श्रेष्ठ मुनि ऋषिलाई नमस्कारछ । नैमिषारण्य आदि हरिया वनक्षेत्रका अधिपति मालिक ने मुनिलाई नमस्कारछ । नेपाल नामको राष्ट्रका अधिष्ठाता ने ऋषिलाई नमस्कारछ । नेपाल राष्ट्रबाट विश्व चेतना महाज्ञान (महाभारत) प्रकट गराउने ने ऋषिलाई नमन छ ।

यो विश्वकल्याण कारिणी ने मन्त्र (नेपाल मन्त्र) हो । यो मन्त्र एक साधकलाई वि. स. २०७७, जेष्ठ महिनाको २९ गते ब्रम्ह मुहुर्तकालिन साधनाका बेला प्रकट भई स्वयं दर्शन लाभ हुन आएको हो । यसलाई तत्क्षण केही विशिष्ठ ब्यक्तित्वलाई साझा गरिएको थियो । साथै जेष्ठ ३० गते यसलाई समाजिक सञ्जालमा पनि साझा गरियो । यस मन्त्रको प्रभाव नेपाल राष्ट्रको श्रीबृद्धि गर्ने तथा सम्पूर्ण विश्वको संकट मोचन गर्ने सामर्थ्य पुष्टी प्रबर्द्धक तथा प्रशस्ती गर्न सक्ने दिब्य शक्ति प्रदायक छ । लगतै नेपालको नयाँ मानचित्र विधी विधानपूर्वक उपयोग हुने प्रयोजनका लागि अनुमोदन भएकोछ । उपरान्त लिपुलेक क्षेत्र विश्व कल्याणका लागि वेद ब्यास धामका रुपमा विकास गरि उपयोग हुनु पर्ने संभावनाले मूर्त रुप लिने समस्त सनातनदेखि चलि आएका सबै धर्मका हरेक नेपाली नेपाल हिमाल गोरखा चान्द्रसूर्य सृष्टिध्वज र हिन्दू बोध आत्मसात गर्ने मानव मात्रको भावना मुखरित हुनेछ । यसको पाठ, स्मरण र दर्शन सबैले जुनसुकै बेला जुन सुकै स्थानमा जुन सुकै पनि प्रयोजनका लागि गरि राखौं । विश्व कल्याणको मार्ग चाँडै प्रशस्त हुनेछ ।

के हो त ने तत्व
ने तत्व न कार तत्व हो

न कार ‘नमः शिवाय’ मन्त्रको प्रारम्भमा प्रस्फुटन हुन्छ । निर्गुण निराकार निरञ्जन शिव तत्व न कार तत्व हो । नमः पदको प्रथमाक्षर न म भन्दा पहिला रहनुको अर्थ मः तदरुप अहम् प्रकट हुनु अघिको शुन्याद्यः पूर्णमदः को बोध हो । तदन्तर भगवत स्वरुप शिवाय भगवान शिवको उत्पत्ति हुन्छ भन्ने कुरा ज्ञातब्य हुन आउँछ । यसरी ने पदबाट एकोहं बहुस्यामः ब्यापक सृष्टिगोचर हुन्छ । यसबाट जडचेतन चराचर जगत चैतन्य तत्व नामरुप धारण भए पछि वेद, ज्ञान, श्रुत्ती स्मृत्ति तथा अन्य शास्त्रादि क्रमिक रचनाहरुले धर्म धृताभिभूत भएको भन्ने प्रामाणिकता जुटन आउँछ ।
ने तत्व नृ तत्व हो ।

नृ तत्व नृशास्त्र सम्मत शिव तत्व शिवशक्ति स्वरुप सृष्टिको अध्ययन विज्ञानको आकार प्रकट गर्दछ । मान्मादि पवित्र हिमवत्खण्डीय हिम इन्दु हिमिन्दु अर्थात हिन्दु तत्वमय अपाडराज हिमाल नेपालमण्डलमा मनु मानव उद्भव भई नर नारी ऋती क्रम प्रारम्भ हुन गएको कुरालाई यसले पुष्टि गर्दछ । नृ तत्व भगवान भाष्कर व्दारा मय महाअसुरलाई प्रदत्त सूर्य सिद्धान्तको प्रज्ञान अनुरुप एक अर्ब नब्बे करोड वर्ष प्राक्तन विशिष्ठ ज्ञान प्रसिद्ध प्रकट हुँदछ । यस दृष्टान्तबाट हामीलाई ने तत्वको गणीतिय प्राचीनता नेपाली पात्रो गुरु तोयानाथ पात्रो उद्धरणीय हुनु बस्तुनिष्ठ भईदिन्छ । अहिले सृष्टि सम्वत्सर १,९६,०८,५३,१२१ साल चलिरहेकोछ ।
ने तत्व नेति नेति तत्व हो ।

नेति नेति न र इति दुई पदहरुको संयुक्त व्दैत्याबृत्तिबाट उत्पन्न पदवर्ग हुन । ज्ञान उपार्जनार्थ क्रियाशील पथमा उत्पन्न हुने संशय निवारण अनिवार्य शर्त हुन्छ । नूतन परवर्तिय ज्ञान तब मात्र सिद्ध हुन्छ जब पूर्ववर्ति ज्ञानमा निहित मिथ्याभाष प्रतिस्थापन हुन्छ । हरेक सत्यमा निहित मिथ्याभाष पञ्छाउँदै नयाँ तथ्य परक सत्यको सन्धान नै अनुसन्धान हो । अनुसन्धानले नै अनन्तताको तत्वान्त ज्ञान सम्म मार्ग प्रशस्त गर्दछ । यही निरन्तर प्रक्रिया नै नेति नेति हो । ने तत्वको यसै शक्ति व्दारा अन्तरचेतन सत्ता जाग्रत बन्दछ । ने तत्व नेति नेति तत्व सदृश ज्ञान अनुसन्धानको निरन्तर शाश्वत सारस्वतः हो ।
ने तत्व नेतृत्व तत्व हो

नेतृत्व धर्मावतार चैतन्य श्रोत अज्ञान तिमीरान्धश्यता समन कर्तृ उज्जवल ज्ञानका प्रवाहक हुन । यसबाट प्रभाव प्रकट हुने हुँदा गुरु तत्व आविर्भाव हुन गई जीवनका लक्ष्य सुलभ्य हुने संभावना तिव्रत्तर बन्दछन । नेतृत्व नामरुप गुरु साक्षात मुनी श्रेष्ठ ने महावतार किराँतेश्वर गोरक्षनाथ पशुपती शिव शुद्ध बुद्ध बजरंगबली महर्षी महायोगी गुरु नरहरिनाथ संबोधित हुन आउँछन । त्यसैले नेतृत्व तत्व सर्व ब्यापी, सर्व शक्तिमान एवं सर्व सत्तापूर्ण वैशिष्ठयले परितोषित हुन्छ । यो निरन्तर सुललित प्रवाहित भईरहने कञ्चन गंगाको श्रोतः स्वरुप मनः विचार सविता धाराको मूल प्रवाहिनी गोमुख हो । सारा चराचर जगत संचालनको अभिभारा यसै ने तत्वको नेतृत्व शक्तिमा नै निहीत हुन्छ । फलतः गुरुमय मनःचेतन अखण्डमण्डलाकार सारा विश्व ब्रह्माण्ड ब्यापी उनै नेतृत्व तत्वको नै उपस्थिति आभाषित तथ्य सिद्ध हुन्छ ।
ने तत्व नेपाल तत्व हो ।

नेपाल पञ्चतत्व प्राकट्य सृष्टीस्थिति ने तत्व शक्तिस्वरुपा महाभारतीयत्व प्रज्ञा प्रसविका मातृ सर्व चैतन्यमयी जननी संसारकी आराध्या हुन । न कार ए कार प कार आ कार ल कार को संयोजन नेपाल हुने हुँदा अनित्य नित्य तत्व तेज पृथ्वी जल वायु आकाश जीवको शिवमय तत्व संबोधित हुन आउँछ । गुह्यत्तर गुह्यात्मिका महाशक्ति गुह्येश्वरी, दक्षीणकाली, मनःकामना, गोरखकाली, कामाख्या, पाथीभरा, दन्तकाली, मातेश्वरी मातादी आदिशक्ति स्वरुपा महाकाली, मालिका, माल्विका विन्ध्येश्वरी भगवती विविध स्वरुपा शक्तिसम्पूर्णा जननी नेपाल यस मही धरा धरती ज्ञान धारा धृत्ता महाभारती धरणी जगतधारिणी माता पृथ्वी पालिका प्राणी मात्रका प्राण प्रदायिनी हुन । त्यसैले नेपाल जननीम वन्दे एक मन्त्र अभिमन्त्रणा मनुष्यजन मात्रका लागि कल्याणकारिणी सुखदायिनी शुभदायिनी सुफलाम अनन्या स्वर्गैक बाटिका तुल्य सर्वदा स्तुत्य अनि वन्दनिय छिन ।
पाञ्च तात्विक नेपाल तत्वाधार ने स्वानुभूति हो ।

पञ्चकोणी चन्द्रसूर्यांकित सृष्टी ध्वज राष्ट्र पताका ÷ झण्डा

नेपालः यथा प्रस्तुत विवरणबाट बुझ्न के सकिन्छ भने, नेपाल राष्ट्रको यस भूधरामा उपस्थिति एक भौगोलिक सीमारेखांकन मात्र होईन भन्ने तथ्य प्रष्टछ । नेपाल सृष्टी देखि चीरकाल पर्यन्तको एक चिन्तनधारा हो । नेपाल मानवीय चिन्तनधाराको प्रतिनिधित्व गर्दछ । जगतमा शिव र जीवको अन्योन्याश्रित वैज्ञानिक पञ्चतात्विक अनुबन्ध क्वान्टम फिल्ड थेओरी व्दारा सिद्ध गणीतिय भौतिक शास्त्र सम्मत विज्ञानको मान्यतालाई ने तत्वसंयुक्ता नेपाल राष्ट्रले प्रतिविम्बन अनन्तकाल सम्मन प्रकट गरि रहनेछिन ।

हिमालः हिमाल स्वेत श्यामल धवल उज्ज्वल स्वच्छ कञ्चन शिखरहरुको माध्यमबाट जगत चेतनको स्निग्ध शिखा स्वरुप ज्ञानको ईन्दु प्रभा निरन्तर प्रज्ञापित गरिरहेछ । ऋषी मुनिहरुले यीनकै काखमा बसी तपस्वीता धारण गरि धर्मशक्ति लाभान्वित हुने वैश्विक मनुष्य मात्रको प्राक्तन सभ्यता भित्रको परम्परा हो । हिम शिखरहरुले ज्ञानको ज्यामीतिय स्वरुप षड्कोणी विद्या अविद्या शक्तिको प्रतीकको प्रतिनिधित्व गर्दछ । यही षडकोण सिद्धान्तले ब्रम्हाण्डको अनन्त विराट स्वरुप तथा पीण्डको सुक्ष्मातीसुक्ष्म स्वरुपको आकार निराकार तथा अन्य त्रिगुणीय चरित्रको ब्याख्या गर्दछ भनि आधुनिक विज्ञानले समेत अहिले आफ्नो अध्ययनको विषय बस्तु बनाएकोछ । यसबाट नेपालमै हिमालहरुको उपस्थिति विश्व धराको धुरी हो भन्ने सिद्ध हुन्छ । यहाँ खलबली भए विश्व डगमाउँन पुग्छ भन्ने तथ्य विश्वमानव सभ्यताको लागि ज्ञातब्यछ ।


हिन्दूः मानिसले मनुष्यता वरण गर्नु नै हिन्दू हुनु हो । हिन्दूको अरु जे सुकै परिभाषा र भाष्य निर्माण भएको भए पनि हामी नेपालीको लागि हिन्दू हिमाल र सारस्वत ज्ञान चेतना प्रदायिनी मातृका नेपालसँग नै सम्बन्धित हुन्छ । हिम र इन्दु यी दुई पदहरुको संयोगबाट हिम्इन्दु हिमिन्दु हुँदै पाञ्च तत्व प्रज्ञा प्रतिनिधित्व गर्ने शब्द हिन्दू प्रगटिन्छ जो निरन्तर ‘सोहं हंसः’अजपाजपा गायत्रिले सुशोभित भएको हुन्छ । नेपाल पवित्र भूमिमा जन्मने नेपाली यस अमोघ ज्ञान हासिल गर्ने सौभाग्यशाली हामी विश्वका अन्य मानव सभ्यताहरुका लागि पनि प्रेरणास्पद हुन पाउनु हाम्रो अहो भाग्य हो । त्यसैले हरेक नेपालीले हिन्दुत्वको यस आत्मिक ज्ञानलाई विश्व मानव सभ्यता प्रबर्द्धनका लागि उत्तरदायी बन्नु राष्ट्रिय कर्तब्य हो भनि सर्वदा बोध गर्न पर्दछ ।

गोरखाः ने तत्वाधार महावतार गुरु गोरक्षनाथ गौ र गौ रुपा धराधरणीको पवित्र जीवनधारा रक्षाका लागि शिवगंगोत्री तथा ब्रम्हपुत्र प्रवाहिनीधाराहरुको मध्यस्थ प्रवाहित गण्डकीको काख प्रसरित गोरखा पुण्य क्षेत्रमा पृथ्वीका निमित्त तपोरत हुनु भयो । यहींबाट नेपाल हिमाल हिन्दु सभ्यताको वैश्विकता साकार साक्षातकार हुन संभव हुन्छ । वेद पुराण शास्त्रादिको बोध नेपालसँग नजोडी हँदैन । जनक जानकी सीता बुद्ध पशुपती किराँतेश्वर बीरप्पा, नरोप्पा, मारप्पा, मालारेप्पा आदि सबै शक्तिबोधी बुद्धहरु भगवत स्वरुपमा भारत, चीन, तिब्बत लगायत सारा संसारभरि धर्म संस्कृत्ति एवं राजनीतिको आधार प्रदान गर्ने विषय नबुझि विश्व शान्ति र सुशाशनको परिकल्पना कल्पनातीत हुन्छ । गोरखाले यसै कुराको महत्तता प्रकट गर्दछ । सबैलाई चेतना भया ।

चन्द्रसूर्य झण्डाः ज्ञान विज्ञानको अनन्त अखण्ड तेज प्रभा व्दारा जगतमा आकस्मिक नियमितता र नियमित आकस्मिकता अनित्य नित्य बोध रुपमा प्रघटित भईरहनेछ । यस बोधको वैज्ञानिक वैदिक ज्ञानका आधारमा सिद्ध नामरुप सम्बन्धमा आधारित बस्तुगत विषयगतता तथा विषयगत बस्तुगतताको सत्य ज्ञान यस पताकाले प्रष्टयाउँदछ । चन्द्र लभ्यछ । सूर्य दूरुहः छ । जीवनको यो वैज्ञानिक यथार्थबोध हो । चन्द्र सौम्य ज्ञानको प्रतीक हो । सूर्य प्रचण्ड तेजमय अगम्य ज्ञानको सज्ञान हो । केवल नेपाली सत्य निष्ठ तपस्वीले मात्र यस्तो ज्ञान लाभको क्षमता विकाश गर्दछ । यसबाट नै नेपाली झण्डा पताका पञ्चकोणी पाञ्चतात्विक शाश्वत प्रतीकको वैशिष्ठ्य र महत्तता झल्किन्छ ।

एक अन्वेषक वा अनुसन्धाता सत्यको खोजीमा हुन्छ । ऊ एक मुमुक्षु उपासक जिज्ञासु हुन्छ ज्ञानको । यसर्थ आजको सन्दर्भमा व्यक्ति आफुलाई विचारकका रुपमा विकास गर्दै जान्छ । विचारको यस अनन्तपथमा ऊ स्वाभाविक तवरले योग दर्शन वा विज्ञान कुनै न कुनै वा सबै लक्ष्य तर्फ लम्किरहेको हुन्छ । आज मानिसलाई योगी दार्शनिक वा वैज्ञानिक कुनै न कुनै रुपमा आफ्नो धर्म धारण गर्न परेको हुन्छ । यसै आधारमा उसको आर्थिक सामाजिक राजनैतिक वा धार्मिक जीवन निर्धारित भएको हुन्छ । यी तीनै किसिमका ब्यक्तित्वहरुको भने खोजीको विषय हुन्छ एक मात्र परिपूर्ण सत्य । वैज्ञानिकहरुले सत्यलाई प्रविधीका माध्यमले प्रयोगशालामा परीक्षण गरि गणीतिय तथ्यांकबाट सिद्ध प्रामाणिक तथ्यका रुपमा मात्र स्वीकार्दछन । दार्शनिक यसैका आधारमा तथ्यहरु बीचको कार्य कारण सम्बन्धको अध्ययन गरि तार्किकतापूर्ण ब्याख्यानलाई सत्यको रुपमा निरुपण गर्ने गर्दछ ।

वैज्ञानिक दार्शनिकका यस किसिमको सत्य बुझ्ने प्रयाश एक बौद्धिक प्रयत्न भर मात्र हो । यसबाट विभिन्न वाद वा सिद्धान्तहरु जन्मिएकाछन । बौद्धिकताको यस प्रक्रियालाई कतैकतै बुद्धिविलाश पनि उपमा दिईन्छ । यो निरन्तर कालक्रम र सन्दर्भले बदलिरहने हुन्छ । योगीहरुको सत्य अन्वेषण प्रक्रिया भने नितान्त पृथक हुन्छ । एक योगी सत्य ज्ञान प्राप्तिका लागि कठोर आत्मानुशाशनमा आबद्ध भई सत्य निष्ठा र नैतिकताको बाटोमा कर्मनिष्ठ भई मार्ग प्रशस्त भएको हुन्छ । योगीहरुको सत्य ज्ञान प्राप्ति स्व अनुभव सिद्ध सर्बोच्च सत्ताको त्यो उपलब्धि हो जसले योगी अतुलनीय शक्ति सम्पन्न महाज्ञान लब्धाका रुपमा प्रतिष्ठीत बन्न पुग्दछ । यीनमा बुद्धत्व र ईश्वरीयत्व प्रकट भई विश्व कल्याणको माधुर्ययुक्ता शंखघोष विश्वभरि नै तरंगित हुन पुगेको हुन्छ ।

नेपाल हिमाल वैदिक पताकाले सुसम्पन्न हिन्दु गोरखा हामी नेपाली भन्दा सौभाग्यशाली समृद्ध राष्ट्रियता भएका वा पहिचान भएका संसारमा अन्यत्र कतै हुने कुरा अकल्पनियछ । किराँतेश्वर पशुपती गोरख मच्छिन्द्र बुद्ध जानकी भृकुटी वेद ब्यास तथा नैमिषारण्यादि क्षेत्रका सौनकादि बालखिल्यादि सप्तर्षी एवं ने मुनि महर्षीको यो तपोभूमि आज स्व पहिचानको अधिकारबाट विच्छेदित जस्तै भएकोछ केही काललाई भए पनि । एक अर्व नब्बे करोड वर्ष देखि मय महा असुरव्दारा भगवान भाष्कर दिनकरका अनुकम्पाले प्रतिपादित सूर्य सिद्धान्तका आधारमा विरचित अतीव प्राक्तन हिन्दू सभ्यताका सुर असुर दुवै थरीले आफ्नो स्वत्वको ज्ञानको अभावमा परचक्रिको अपरिपक्व ज्ञानको फेरमा परी दुर दुर हुन पुग्नु नितान्त दूर्भाग्यको कुरा हो ।

सुरहरु देवताहरु थिए । असुरहरु उच्चकोटिका देवत्व शक्ति भएका विशिष्ठ देवताहरु थिए । यसैले सूर्य भगवानले हिन्दू सभ्यताको विकासको प्रथम ज्ञानको बीज मय महाअसुरलाई प्रदान गरिसके पछि मात्र मनु सभ्यता आर्यावर्तीय हिमवत्खण्ड अपाडराज नेपालमा प्रादुर्भाव हुन पुगेको यो तथ्यलाई हरेक नेपालीले पुनरावलोकन र निरुपण गर्नु पर्ने बेला भएकोछ । हिन्दु र असुर दुबै शब्दको अर्थ अनर्थ पारि अभ्यर्थना गर्ने परिपाटी कुत्सित मनोबृत्तिको नै परिणाम हो ।

हिन्दुत्वको ज्ञान अदभूत शक्ति सम्पन्न असुरबाट सुर हुँदै मनु मानवहरुमा विकसित भई अगाडी बढीरहेको आजको मानव सभ्यताको अगुवाई गर्न अब नेपाली जनले यसै आधारमा ने मन्त्र अर्थात नेपाल मन्त्रको सिद्धि गरि आफुलाई वैज्ञानिक दार्शनिक योगीका रुपमा नेपालको मौलिक विशिष्ठ पहिचानको उदबोधन गरि विश्व कल्याणको मार्ग संसारलाई देखाऊन सक्ने चेतनाको विकासका लागि नेपाली मात्रले स्वपहिचानको दर्शन साँचो नेपालीत्वको मुहार हेर्न सकिने यस दर्पणमा राम्ररी नियालेर धूलधुसारित अनुहार सफा र चम्किलो पार्न विलम्ब गर्न नहुने सत्य सिद्धछ ।

1 thought on “ने दर्पण दर्शन ।। नेपालमन्त्र ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *