संसद विघटनविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाण्डौ – सर्वोच्च अलादतलको संवैधानिक इजलासले संघीय संसदको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

उसले संसद विघटनको निर्णयबिरुद्ध प्रधानमन्त्री, राष्ट्रपतिलगायत विपक्षीहरुसँग कारण देखाऊ आदेश पनि जारी गरेको छ । सर्वोच्चले संसद विघटनको निर्णयबिरुद्ध अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जना न्यायाधीशरुको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो ।

रिटहरुको सुनुवाइका लागि संवैधानिक इजलाशमा प्रधानन्यायाधीश जबरासँगै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी तोकिएका थिए ।

बहसका क्रममा अधिवक्ताहरुले अन्तरिम आदेश दिन आग्रह गरे पनि इजलासले अन्तरिम आदेशका लागि लामो बहस आवश्यक हुने बताएको थियो ।

यसका साथै संसद विघटनको आदेशबिरुद्ध सर्वोच्च अदालतले शुक्रबार नेपाल बार र सर्वोच्च बारबाट ‘एमिकस क्युरी’ झिकाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *