संसद विघटन गर्ने मन्त्रिपरिषदको सिफारिश आपत्तिजनक, राजनीतिक रुपले प्रतिवाद गर्छौं : कांग्रेस

काठमाण्डौ – संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेको भए त्यसको आफूहरुले राजनीतिक सबै रूपले प्रतिवाद गर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा मन्त्रिपरिषद बैठक बोलाउँदै संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त सिफारिसकोे प्रतिवाद गर्ने बताउँदै संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *