संसद विघटन गर्ने ओलीको तयारी, आजै राष्ट्रपति समक्ष सिफारिस गरिने

काठमाण्डौ – पार्टीको आन्तरिक विवादमा पराजयउन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका छन्। उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ ।

एक मन्त्रीका अनुसार ओलीले संसद विघटन गरेको निर्णय राष्ट्रपतिसमक्ष पठाउँदैछन् । त्यसअघि ओलीले आफूसँग लडाईँमा होमिएका प्रचण्डसँग अन्तिम वार्ता गरेका थिए ।

प्रचण्डसँग वार्ता गर्नुअघि ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए र बैठकका लागि मन्त्रिहरु बालुवाटारमै प्रतिक्षा गरिरहेका बेला प्रचण्डसँग उनले वार्ता गरेका थिए ।

त्यसअघि ओलीले आफू निकट नेताहरुसँग लामो छलफल गरेका थिए । आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवाससमेत गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *