शेर्पा दम्पतीद्वारा आफ्नो जीवन रक्षा गरिदिन सहयोग अपिल !

काठमाण्डौ – संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर १ (साविकको नुनढाकी गाविस वडा नम्बर ७) स्थायी ठेगाना भएका वर्ष ६० का नुर्वु शेर्पा र उनकी श्रीमती वर्ष ६७ कि धन माया मगरको स्वास्थ अवस्था नाजुक छ । नक्कली खुट्टाको सहारामा हिडडुल गर्ने नुर्वुको अवस्था त सन्तोषजनक छैन् नै उनकी श्रीमती मायाको पनि स्वास्थ अवस्था नाजुक छ । भर्खरैमात्र प्यारालाइसिस बाट मुक्त हुन लागेकी धन मायाको अहिले पित्तथैलिमा पत्थरी देखिएको छ । छिट्टै अप्रेसन गर्न डाक्टरले सुझाव दिएका छन् ।

पिडित नुर्वु शेर्पा

कागेश्वरी मनहरा नगरपालिका थलीमा अस्थायी बसोबास गर्दै आएका शेर्पा दम्पतीलाई साँझ बिहानको छाक कसरी टार्ने त्यो चीन्ता त छ्दैँछ त्यो सँगै स्वास्थ उपचार गर्नैपर्ने कुराले तनाव थपेको छ । स्थानीय समाजसेवी नविन श्रेष्ठको सहयोगमा प्यारालाइसिसको आयुर्वेदिक र घरेलुु पद्धतिको उपचार बाट निको हुन लागेकी मायालाई पित्त थैलिको पत्थरीले अर्को पीडा थपेको छ ।

पिडित धन माया मगर

आर्थिक अवस्था कमजोर भएपछि उपचारको लागि सहयोग गर्न स्थानीय सरकारलाई सहयोगको आग्रह गर्दा अहिले बसोबास गरिरहेको कागेश्वरी मनोहरा नगरपालिकाले स्थायी ठेगानामा सम्पर्क गर्नु भन्ने जवाफ दिएको तथा संखुवासभाको चैनपुर नगरपालिकामा सहयोगको अपिल गर्दा पित्तथैलिको अप्रेसनमा सहयोग गर्ने आफ्नो कुनै कार्यविधी नरहेको जवाफ दिएको श्रेष्ठ दम्पतीले जानकारी दिए ।

मासिक २५०० तिर्ने भाडाको कोठामा बसेका शेर्पा दम्पतीलाई मासिक कोठाभाडा तिर्नुपर्ने दायित्व पनि छ । कोरोना संकट भन्दा अगाडि सानोतिनो काम पाउने शेर्पा दम्पतीले अहिले न त काम पाएका छन् न त काम गर्न सक्ने अवस्था नै छ । २०४५ सालमा वैवाहिक जीवनमा बाँधिएका शेर्पा दम्पतिका कुनै सन्तान नभएपनि पहिलो श्रीमान् कृष्ण बहादुर मगर तर्फबाट धन मायाका राजु मगर, डम्बर मगर, कुल बहादुर मगर र छोरी कल्पना मगर गरेर ४ सन्तान छन् ।

सिक्किमको तुम्लाङ बस्तीमा पहिलो विवाह गरेकी धन मायाको पहिलो श्रीमानपट्टीका सन्तानसँग उनको कुनै सम्पर्क छैन् । छोराछोरीसँग सम्पर्क भएपनि उपचारमा सहयोग पुग्ने उनको विश्वास छ । वर्षौंदेखि सन्तानको सम्पर्कमा नरहेकी धनमायालाई अहिलेभने सन्तानको यादले निकै सताएको छ । यस्तै सिक्किमको चिया बगानमा रहेका माइतीमा पनि उनको सम्पर्क छैन ।

बिहीबार मध्याह्न शेर्पा दम्पतीसँग भेट्दा उनिहरूले आफ्नो मनको पीडा व्यक्त नगरेपनि त्यो अनुहार बाट व्यक्त भैरहेको थियो । ‘पित्तथैलिको अप्रेसनको लागि करिब ६० हजार खर्च लाग्ने डाक्टरले जानकारी दिएका छन् ।’ नुर्वुले भने । स्थानीय समाजसेवी श्रेष्ठको पहलमा पित्तथैलिको अप्रेसनको तयारी अगाडि बढाइएको छ । ‘बिहीबार कोरोना परिक्षण गरेपछि अप्रेसनको काम अगाडि बढ्छ ।’ समाजसेवी श्रेष्ठले भने ।

अप्रेसनको लागि अहिलेसम्म आर्थिक व्यवस्थापन हुन नसके पनि आर्थिक व्यवस्थापनको पहल भैरहेको समाजसेवी श्रेष्ठले जानकारी दिए । आर्थिक व्यवस्थापन गरेर उपचार पछिको शेर्पा दम्पतीको जिवनयापन कसरी हुन्छ भन्ने कुराले समाजसेवी श्रेष्ठलाई चिन्ता थपेको छ । ‘सधैं हामी उपस्तिथित हुन वा सहयोग गर्न नसकौंला त्यो बेला के गर्ने ?’ श्रेष्ठको प्रश्न छ ।

शेर्पा दम्पतीलाई सहयोग गर्न चाहानुहुने सहयोगी मनहरुले नुर्वु शेर्पाको थली स्थित लक्ष्मी बैंकको खाता (Nurbu Sherpa ०३८०१०१७१९८००००१) मा सहयोग गरि आफूहरूको जीवनरक्षा गरिदिन शेर्पा दम्पतीले सबैसँग अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *