१६१४ जनामा कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । हाल देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ८० जना क्वारेन्टिनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ४ सय १२ ले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।पछिल्लो २४ घण्टामा मात्रै थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *