बैतडीमा १ तोला सुनमा बलात्कारको घटना मिलाइयो, प्रहरी भन्छः कडा कारबाही हुन्छ

काठमाण्डौ – बैतडीमा बलात्कारको घटना गाउँमै मिलापत्र गरेको खुलेको छ । जिल्लाको सिगास गाउँपालिका–३ मा १८ वर्षीया किशोरीमाथि भएको बलात्कारको घटना गाउँमै मिलापत्र गराइएको हो ।

गत असार १४ गते स्थानीय युवती धारामा पानी लिन गएको अवस्थामा सोही ठाँउका दीपक सिंह धामीले बलात्कार गरेका थिए । झण्डै पाँच महिनापछि उक्त घटना गाउँकै स्थानीयहरुको सहभागितामा मिलापत्र गरिएको हो । मिलापत्रमा युवतीलाई पीडकले एक तोला सुन दिने सहमति छ ।

उनले कात्तिक ३० गते नै एक तोला सुन पीडित युवतीलाई दिनुपर्ने भनिएको छ । तोकिएको समयमा उक्त सुन नदिएको खण्डमा कानून अनुसार कारबाही गर्ने सहमतिपत्रमा उल्लेख छ ।

त्यस्तै युवकले सुन दिन नसके साक्षीहरु मनोज सिंह धामी र अमरसिंह धामीले आफ्नो घर धरौटीमा राखेर तिर्ने सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बलात्कार जस्तो जघन्य घटना गाउँमै मिलाएको विषय सार्वजनिक भएकाले उक्त घटनामा संलग्नलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय बैतडीलाई निर्देशन दिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *