६ सय ६९ संक्रमित थपिए, १६ जनाको मृत्यु

Spread the love
  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ३२ पीसीआर परीक्षण भएको छ। हाल देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ८६ जना क्वारेन्टिनमा छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Spread the love
  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares
  •  
    67
    Shares
  • 67
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *