उपत्यकामा कम्तिमा तीन साता कडा लकडाउन गर्न सिफारिश

Spread the love
  • 401
  •  
  •  
  •  
  •  
    401
    Shares

काठमाण्डौ – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा तीन साता लकडाउन गर्ने काठमाण्डौ उपत्यकाभित्र महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएको छ । एक साता अघि बसेको उपत्यका मेयर फोरम र कोभिड १९ व्यवस्थापन सञ्चालन केन्द्रको बैठकमा उपत्यकामा कडा लकडाउन गर्न माग गरिएको हो ।

सो बैठकमा १४ जना मेयरहरूको उपस्थिति थियो, चार जनाले कडा लकडाउनको माग गरेका थिए । लकडाउन गरिएन भने उपत्यकाको अवस्था झन् भयावह बन्ने उपत्याकाको मेयरहरुको ठहर छ । मेयर फोरमले उपत्यकामा शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रण गर्नका लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन गर्नुपर्ने औल्याएको छ । उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शनिवार उपत्यकामा ८ सय ९९ जना कोरोना सङ्क्रमित थपिएसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ७ सय ७१ पुगेको हो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै आजैदेखि काठमाण्डौ महानगरपालिकाले निशुल्क कोरोना परीक्षण शुरु गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न कार्य सुचारु भएको छ । यस्का अलवा काठमाण्डौ महानगरले कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरु र अशक्त तथा जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी समेत गर्दैछ ।


Spread the love
  • 401
  •  
  •  
  •  
  •  
    401
    Shares
  •  
    401
    Shares
  • 401
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *