नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन एक खर्ब लाग्ने

Spread the love
  • 53
  •  
  •  
  •  
  •  
    53
    Shares

काठमाण्डौ – नेपालले कोरोना भाइरसविरुद्धको भ्याक्सिन भित्राउन तयारी गरिसकेको छ । विश्वभर भ्याक्सिन विकासको चरणमा रहेकाले सबैभन्दा पहिला आउने र प्रभावकारीमध्येबाट खरिदको तयारी भएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप खरिदमा ८० प्रतिशत जनसंख्याका लागि ७० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । सबै जनसंख्याका लागि खरिद गर्दा एक खर्ब लाग्नसक्छ ।

अहिले विश्वमा रुसको गेमिलिया कम्पनिको स्पुतनिक भी, अमेरिकाको फाइजर र मोर्डना कम्पनिको भ्याक्सिनका अलावा बेलायतको अक्सफोर्ड भ्याक्सिन विकासको अन्तिम चरणमा छन् । ती कम्पनिहरुले ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको दाबी गर्दै आएका छन् । चीनले पनि तीन प्रकारको भ्याक्सिन विकास गरिरहेको छ । भारतमा पनि अक्सफोर्ड भ्याक्सिन उत्पादनको तयारी छ । उसले आफ्नै भ्याक्सिन विकास गर्दैछ ।

भ्याक्सिनको मूल्य महङ्गो पर्ने देखिएको छ । खाडी र यूरोपका धनी मुलुकहरुले भ्याक्सिन ल्याउन ठूलो धनराशी खर्च गर्ने भइसकेका छन् । त्यसकारण कम्पनिहरुले बढी रकम तिर्ने देशलाई प्राथमिकतामा राख्न सक्छन् । तर, विश्व स्वास्थ्य संगठनले गरिब मुलुकहरुका लागि पनि सहज पहुँचको सुनिश्चितताको वातावरण बनाइरहेको छ । यद्यपि, कुनैपनि देशको भ्याक्सिनलाई डब्लुएचओले मान्यता दिएको छैन ।

भ्याक्सिन भित्राएर मात्र हुँदैन । यसको भण्डारण र ढुवानीमा उतिनै खर्च लाग्छ । फाइजर कम्पनिको भ्याक्सिन माइनस ७० डिग्रीमा राख्नुपर्छ । अन्य भ्याक्सिनहरु पनि कम्तिमा माइनस २० देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ । यसका लागि ठूलो धनराशी खर्च हुन्छ । भण्डारणको विशेष कन्टेनर र चिस्यान मेशिन आवश्यक पर्छ । यसका लागि उत्तिकै खर्च लाग्छ ।

यसरी केलाउँदा कोरोनाविरुद्धको भ्याक्सिन खरिद, भण्डारण र ढुवानीका अलावा सर्वसाधारणमा प्रयोग गर्दा अरबौं रुपैयाँ खर्च हुन्छ । पैसा खर्च गरेर मात्र भ्याक्सिन आयात गरिहाल्न सकिने होइन । यसका लागि कुटनीति पहलको पनि जरुरी हुन्छ । सरकारले यसका लागि प्रक्रिया र तयारी थालिसकेको जनाइसकेको छ । रुस, अमेरिका, चीनलगायतका भ्याक्सिन विकास गरिरहेका मुलकका राजदूतावाससँग यसबारे स्वास्थ्य मन्त्रालयले छलफल बढाएको जानकारी गराइसकेको छ ।


Spread the love
  • 53
  •  
  •  
  •  
  •  
    53
    Shares
  •  
    53
    Shares
  • 53
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *