अबको चार महिनामा करिब १ लाख ४८ हजारमा कोरोना संक्रमण पुष्टि हुनसक्छ : स्वास्थ्यमन्त्री ढकाल

मकवानपुर – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन् । शनिबार कोभिड १९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिकाबारे काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताएका हुन् ।

सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिएको थियो । तर, संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए ।

सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दाबी गरेका छन् ।

त्यस्तै, कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *