एमसीसीमा सपनामा पनि हस्ताक्षर हुन्न: श्रीलंकाली राष्ट्रपति गोटावाय राजापाक्ष

काठमाण्डौ – श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा हस्ताक्षर नगर्ने बताएका छन्।

उनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँग बुधबार हुने भेटमा यस विषयमा कुनै छलफल नहुने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति गोटावायले भनेका छन्, ‘केहीले सरकारले एमसीसीमा हस्ताक्षर गरे सरकार छाड्ने बताएका छन्। एमसीसीमा सपनामा पनि हस्ताक्षर हुँदैन। ती अरुलाई खुसी पार्नका लागि आएका कमेन्ट हुन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *