अजरबैजानको सीमासँग जोडिएको आर्मीनियाको गाउँको अवस्था के छ ? (ग्राउण्ड रिपोर्ट)

Spread the love
  • 100
  •  
  •  
  •  
  •  
    100
    Shares

बाकु (बीबीसी) – अजरबैजान र आर्मीनियाको बीचमा युद्ध विराम भएको केही घण्टामात्र भएको थियो, दुबै देशले एकअर्कामाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाउन शुरु गरे। नागार्नो काराबाखको विवादित क्षेत्रलाई लिएर दुई देशबीच युद्ध छेडिएको छ। युद्ध विराम लागू भएपछि पनि एकअर्कामाथि गोली चलाउने र बम विस्फोट गराएको आरोप लगाइरहेका छन्। यो मामिला नागोर्नाे काराबाख क्षेत्रकोमात्र नभएर कहिलेकाही शेलिंग सीमाभन्दा निकै टाढासम्म फेला पर्ने गरेका छन्।

अजरबैजानले गएको हप्ता आर्मीनियाले नखचिवनमा आक्रमण गरेको भनेको थियो। नखतिवन एक् स्वायत्त गणतन्त्र हो जो अजरबैजानको अंग हो। आर्मीनियाको एक पातलो पट्टीका कारण नखचिवन अजरबैजानको मूख्यभूमिबाट टाढा छ। आर्मीनियाले नखचिवनमा कुनै आक्रमणको अस्वीकार गरेको छ। उसले अजरबैजानले आफूमाथि गलत आरोप लगाएको आर्मीनियाको भनाई छ।

बीबीसी रुसीले अजरबैजानबाट करिब तीन किलोमिटर टाढा नखचिवनको सीमा क्षेत्र नजिकको एक आर्मीनियाली गाउँको अवलोकन गरेको छ।

आर्मीनियाको राजधानी येरेवानबाट करि १३० किलोमिटर टाढाको खाचिक गाउँ प्रवेश गर्नुभन्दा पहिला एक कालो रंगको रिबन सडकको दुईतर्फ टाँगिएको देख्न सकिन्छ। यसमा मृत्यु हुनेहरुको नाम र उमेर लेखिएको छ।

पछिल्लो दिनहरुमा आर्मीनियाको सडकमा यस किसिमका काला रिबन देखिनु कुनै नयाँ कुरा होइन्। मानिसहरुको यो खाचिक गाउँमा सोही नामका एक युवक बस्छन्। उनीसँगको बीबीसी टिमको भेट एक प्रशासनिक कार्यालयमा भयो।

खाचिकमा बस्ने खाचिक यहाँका स्थानीय प्रशासनमा काम गर्ने व्यक्तिका भाई हुन्। यस गाउँका प्रमुख आर्मीनियाका तर्फबाट युद्धमा सहभागी हुन गएका छन्।

खाचिक ग्रीगोर्यानले सेप्टम्बर नागोर्नो काराबाखलाई लिएर जब तनाव बढ्न शुरु भयो त्यसदेखि गाउँका मानिसहरुले चौबीसै घण्टा गाउँमा पहरा दिने निर्णय गरेको बताए। उनले भने, ‘हाम्रो गाउँको सीमा नजिक छ। यदि हामीले दूरविनले हेर्यौं भने सीमासम्म देख्न सक्छौं।’ उनले लगातार सीमाबाट आउने ट्राफिक हेरिरहने गरिएको बताए। उनले यो बाटोबाट ट्यांक र हतियारले भरिएका गाडी जाने गरेको बताए। उनले सेप्टेम्बरमा जब तनाव शुरु भयो केही परिवारहरु गाउँ छोडेर गएको बताए। तर पछि फर्केर खाचिक आए।

यो गाउँ एक पहाडमा छ। जसको तल्लो भागमा अंगूरको बगैचा छन्। बीबीसीको टिम बगैचामा गयो, जहाँ करिब दर्जन मानिसहरु काम गर्छन्। यो मनुक्यान परिवारको बगैचा हो। ९०० वर्ग मिटरको बगैचामा अंगूरको खेती गर्छन्। बगैचाका मालिक अनुशावन मनुक्यान ८७ वर्षका छन्। उनी धेरैजसो अंगूर बेच्छन् तर केहीबाट भोड्का र मदिरा बनाउँछन्।

उनले यो बगैचाबाट वर्षमा तीन टनसम्म अंगूर उत्पादन हुने बताए। मनुक्यानकी नानिती आर्पाइन चौबीस वर्षकी छन्। उनी १७ अक्टूबरमा यहाँ फर्किन्छन्। उनी लाचिनमा बस्थिन्। र उनले आफ्नो परिवारलाई बचाएर त्यहाँबाट भाग्नु परेको थियो। उनले कपडा लिने समयसमेत पाइन्। उनले भनिन्, ‘युद्धका कारण मैले घर छोडेर भाग्नु पर्यो। यहाँ आउनु पर्यो। मेरो भाईले मलाई फोन गरेर उनीहरु हाम्रो गाउँतर्फ आइरहेको बताएपछि हामी ४ बजे नै घर छोडेर भाग्नु परेको थियो।’ आर्पाइनका भाई युद्धको मैदानमा छन्। उनले आफ्ना बाबू पनि युद्धमा जान चाहेको तर उमेरका कारण नगएको बताइन्।

अर्पाइनले येरेवान विश्वविद्यालयबाट इतिहासको पढाइ गरेकी छन्। उनी शिक्षक बन्न चाहन्थिन्। अब उनी बाजेबज्यैंसँगै खाचिकमा बस्छिन् र बगैचामा काम गर्छिन्।

सीमा पार पनि मित्रता थियो

अनुशावनको जन्म खाचिक गाउँमा भएको थियो। उनले येरेवानमा एग्रोनोमिस्टको पढाई गरेर गाउँ फर्केका छन्। जब अजरबैजान र आर्मीनियाले सोभियत संघको अंग गिए त्यो बेला यहाँका एक स्थानीय सरकारी बगैचामा निर्देशक थिए। उनी नखचिवनतर्फ देखाउँदै त्यहाँ पनि धेरै मित्र बनाएको थियो। उनले अजरबैजानको गाउँ येदजीबाट उनका मित्र रुस्तम र उनको परिवार उनीसँग भेट्न एक पटक यहाँ आएक थिए। उनले रुस्तम आफ्नो श्रीमती र बच्चा तीन दिनका लागि आएको स्मरण गरे। आफै अनुशावन धेरै पटक सीमा पार रुस्तम र उनको परिवारलाई भेट्न गएका थिए। उनले १९८७ मा आफ्नी छोरीको बिहेमा आर्मीनियाली भन्दा अजरबैजानी मानिसहरु धेरै सहभागी भएको बताए।

खाचिक र नखचिवनका मानिसहरुबीच राम्रो सम्बन्ध छ। खाचिकले उनीहरुलाई अंगूर बेच्छन् त्यहाँका मानिसले यहाँ स्याउ बेच्छन्। अनुशावनले १९९१ मा नागोर्नो काराबाखलाई लिएर तनाव शुरु हुनुभन्दा पहिला अजरबैजानी उनको छिमेकी हुने गरेको स्मरण गरे।
तर अहिले युद्धको स्थिति हुँदा यहाँ अजरबैजानी र आर्मीनियालीबीच भेटघाट भएको छैन। दुबैतर्फ त्रासको वातावरण छ। तर, पनि छिमेकीहरुबीको सम्बन्ध भने फेरि स्थापित हुने विश्वास दुबैतर्फ छ।


Spread the love
  • 100
  •  
  •  
  •  
  •  
    100
    Shares
  •  
    100
    Shares
  • 100
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *