दिल्लीको हारसँगै प्लेअफ सम्भावना कठिन, मुम्बई ९ विकेटले विजयी

Spread the love
  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो । यो सँगै दिल्लीको प्लेअफ सम्भावना कठिन बनेको छ ।

दुबईमा भएको खेलमा मुम्बईले दिल्लीमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले २५ रन, ऋषभ पन्तले २२, कागिसो राबाडा र रविचन्द्रन अश्विनले समान १२, शिमरोन ह्याटमेयरले ११ र पृथ्वी शाले १० रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले तीन तीन विकेट लिए । राहुल चाहर र नाथन कुल्टर नाइलले एक–एक विकेट हात पारे ।

१ सय ११ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको मुम्बईले १४ ओभर दुई बलमा लक्ष्य पूरा गर्‍यो । मुम्बईका लागि इशान किशनले ७२ रन, क्वीन्टिन डी ककले २६ र सूर्यकुमार यादवले १२ रन बनाए ।

आजको जितसँगै १३ खेलबाट १८ अंक जोडेको मुम्बईले अन्तिम दुईमा स्थान पक्का गरेको छ ।

आइपिएलको अंक तालिका

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । किंग्स इलेभेन पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ ।

राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हार बेहोर्दै १२ अंकका साथ पाँचौ स्थानमा छ । कोलकाता १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ छैटौं स्थानमा छ । हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित १० अंकका साथ सातौं स्थानमा छ । चेन्नई १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंक जोड्दै पुछारमा छ ।


Spread the love
  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares
  •  
    73
    Shares
  • 73
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *