२५०८ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

Spread the love
  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ भने २ हजार ४ सय १० जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ।


Spread the love
  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares
  •  
    67
    Shares
  • 67
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *