देश कहाँ छ ? (कविता)

Spread the love
  • 339
  •  
  •  
  •  
  •  
    339
    Shares

रेखा सुवेदी

घाउ नछाेई…..
देश नहुनेहरूलाई साेध, कहाँ छ?


म त मेराे देश
मेराे आँखामा छ भन्छु
मुटुमा छ भन्छु
हिड्दा बाटाेमा
बस्दा फलैँचामा छ भन्छु

साेध्नू ती पासपाेर्ट च्यापी विरहले उड्ने पंक्षीहरूलाई
देश पासपाेर्टमा सजिएकाे छ भन्लान्
राती नै झर्ने पारिजात फूलहरूलाई साेध्नू
आँशुमा छ भन्लान्


तर नेतालाई नसाेध्नू
केवल छाम्नू……..
देश उनीहरूकाे
कि त जिब्राेमा हुन्छ कि त गाेजीमा


Spread the love
  • 339
  •  
  •  
  •  
  •  
    339
    Shares
  •  
    339
    Shares
  • 339
  •  
  •  
  •  

1 thought on “देश कहाँ छ ? (कविता)

  1. सुन्दर कविता,बधाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *