रोनाल्डो कोरोना संक्रमण मुक्त

Spread the love
  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares

काठमाण्डौ – पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

अक्टोबर १३ मा संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेशनमा गएका थिए । ३५ वर्षका रोनाल्डो १८ दिनपछि संक्रमण मुक्त भएका हुन् ।

गएको मंगलबार भएको परीक्षणमा पनि संक्रमण देखिएपछि उनले बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाएका थिए । रोनाल्डो बिहीन युभेन्टस सो खेलमा बार्सिलोनासँग २–० ले पराजित भयो ।

उनले यो अवधिमा सिरी ए का दुई तथा इटालियन च्याम्पियनका दुई युरोपियन खेल गुमाए । रोनाल्डोले पछिल्लो पटक अक्टोबर ११ मा नेशन्स लिगमा पोर्चुगलबाट फ्रान्स विरुद्ध खेलेका थिए।

संक्रमण हुनुअघि रोनाल्डोले युभेन्टसका दुई लिग खेलमा तीन गोल गरेका थिए । उनी संक्रमित हुँदा दुई वर्षमा पहिलोपटक रोनाल्डो र लियोनल मेस्सी आमनेसामने हुने अवसर गुम्यो ।


Spread the love
  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares
  •  
    75
    Shares
  • 75
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *