लिभरपुल बराबरीमा रोकियो, अपराजित एभर्टनलाई ३ अंकको अग्रता

Spread the love
  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलको यो सिजन एभर्टनले अपराजित यात्रा कायमै राखेको छ । शनिबार साँझ भएको खेलमा साविक विजेता लिभरपुललाई २-२ गोलको बराबरीमा रोक्दै एभर्टनले तीन अंकको अग्रता लिएको छ ।

घरेलु मैदानमा एभर्टन दुई पटक पछाडि परेको थियो । ९० औँ मिनेटमा एभर्टन १० खेलाडीमा सिमित भएको थियो। तर भ्रमणकारी टोली लिभरपुलले तीन अंक हात पार्न सकेन । अघिल्लो खेलमा एस्टन भिल्लासँग ७-२ गोलको अप्रत्यासित हार ब्यहोरेको लिभरपुल एभर्टनलाई हराउँदा शीर्षस्थानमा उक्लने अवसर उसलाई थियो ।

खेलको तेस्रो मिनेटमै लिभरपुलले अग्रता लिएको थियो सेडियो मानेको गोलमा । तर एभर्टन पहिलो हाफमै बराबरीमा पुग्यो। उसका मिचाइल किनले १९ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ७२ औँ मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल खेलमा २-१ गोलले अगाडि बढेको थियो ।

तर दबाबबीच एभर्टनका डोभिनिक काल्भर्ट लेविनले ८१ औँ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । ९० औँ मिनेटमा एभर्टनका रिचार्लिसनले सोझै रातो कार्ड पाएका थिए । त्यसको २ मिनेटपछि लिभरपुलले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायत एभर्टनले लिएको थियो जसमा गोल गर्ने लिभरपुलका खेलाडी अफसाइड देखिएका थिए ।

पाँच खेलपछि एभर्टनको १३ अंक छ । समान खेलबाट १० अंक भएको लिभरपुल दोस्रो स्थानमा छ । तीन खेलबाट ९ अंक जोडेको एस्टन भिल्ला तेस्रो स्थानमा रहेको छ ।


Spread the love
  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares
  •  
    52
    Shares
  • 52
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *