आइपिएल क्रिकेट: राजस्थानमाथि बैंगलोरको रोमाञ्चक जित

Spread the love
  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि सात विकेटको रोमाञ्चक जित निकालेको छ । दक्षिण अफ्रिकी ब्याट्सम्यान डी भिलियर्सले आक्रामक ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि ७ विकेटको जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान स्टिभेन स्मिथले ५७, रोविन उथप्पाले ४१, जोस बट्लरले २४, राहुल टेवटियाले १९ र बेन स्टोकले १५ रन जोडेका थिए ।

बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले चार र युवेन्द्र चहलले दुई विकेट लिएका थिए ।

यस्तै १७८ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको ब‌ैंगलोरले १९ ओभर चार बलमा तीन विके‍टको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

विष्फोटक ब्याटिङ गरेका बैंगलोरका एबी डिभिलियर्सले २२ बलमा ५५ रन बनाए। यस्तै विराट कोहलीले ४३ र देवदत्त पाटिकलले ३५ रन बनाए ।

राजस्थानका राहुल टेवटिया, कार्तिक त्यागी र श्रेयस गोपालले बैंगलोरका एक–एक लिएपनि राजस्थानलाई जिताउन सकेनन् ।


Spread the love
  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares
  •  
    79
    Shares
  • 79
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *