उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

Spread the love
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा शनिबार १७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३१ सय ६७ जनामा कोरोना पुष्टि भएकोमा काठमाण्डौमा मात्रै १७ सय ४६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ हजार ४ सय ३८ जनाको पिसीआर परिक्षणमा ३१ सय ६७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १८०० कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ८९ हजार ८ सय ४० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाण्डौका १४५१ जना र ललितपुरका १५२ जना र भक्तपुरका १४३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।


Spread the love
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares
  •  
    45
    Shares
  • 45
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *