शनिबार थपिए ३१६७ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

Spread the love
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ भने ४ हजार ७ सय १५ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ ।


Spread the love
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares
  •  
    51
    Shares
  • 51
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *