लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चौधरीलाई कोरोना संक्रमण

Spread the love
  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

बुटवल – लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको स्वाव परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको मन्त्री चौधरीले बताए । उनी सहित उनकी पत्नी, निजी सचिवालयका पिएसओ, ड्राइभर, र भान्सेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारदेखि निरन्तर रुघा लागेपछि उनले बिहीबार पिसीआर परिक्षण गराएका थिए । मन्त्री चौधरीका अनुसार अहिले उनको अवस्था सामान्य छ । अन्यमा भने कुनै लक्षण छैन । उनीहरु सबै भैरहवास्थित मन्त्री निवासको आइसोलेसनमा रहेको मन्त्री चौधरीले बताए ।

यसअघि आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा कोरोना संक्रमण देखिएको थियो । उपसभामुख कृष्णी थारु, प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपाने र लेखा समिति सभापति डिल्लीबहादुर चौधरीमा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु घरकै आइसोलेसनमा रहेका छन् ।


Spread the love
  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares
  •  
    50
    Shares
  • 50
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *