शुक्रबार सुनको मूल्य बढ्यो

Spread the love
  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाण्डौ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेर ९४ हजार नौं सय कायम भएको छ ।

फाइल तस्विर

बिहीबार यसको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ रहेको थियो। यस्तै तेजावी सुनेको मूल्य पनि प्रतितोला चार सयले नै बढेर प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार यसको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो । यता चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी शुक्रबार एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Spread the love
  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares
  •  
    68
    Shares
  • 68
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *