एमसीसी संशोधनसहित अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई पास गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘एमसीसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय निकालेको छ । यसबारे छिट्टै निर्णय हुनेछ । तर के संशोधन र परिमार्जन गर्ने भन्‍नेबारेमा पार्टीमा अझै छलफल हुन्छ’, प्रवक्ता श्रेष्ठले भने ।

उनले झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार नै एमसीसी परिमार्जन हुने बताए ।

‘वरिष्ठ नेता झलनाथ खनाल कार्यदलको प्रतिवेदनलाई पनि ध्यान दिँदै एमसीसीमा संशोधन र परिमार्जन गरिने बुँदा तय हुनेछ’, उनले भने ।

आजको बैठकले चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *